Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ७, २०८०
|
|
६४ पटक हेरिएको
Shares
फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई

सारांश

  • शनिबार हेटौंडा–४ स्थित कमल डाँडा फुटसल मैदनमा भएको फाइनल खेलमा आवास फुटबल क्लबले चौकीटोल युथ क्लबलाई ६–१ गोल अन्तरले पछि पार्दै उपाधी हात पार्न सफल भएको हो ।
  • आवास क्लबले टर्फबाट पहिलो हाफमा विश्व लामा , उज्जवल गौतम र सुमन लामाले १ गोल र सुमिर राज थोकरले ३ गोल गरेका थिए ।
  • उपाधी विजेता टिमले पहिलो खेलमा लेभल अफ मकवानपुरलाई दोस्रो क्वाटर फाइनल खेल ।
प्रमोद सहनी
हेटौंडा फुटसल स्र्पोट सेन्टरको आयोनामा भएको खुल्ला नकआउट फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबले जितेको छ । शनिबार हेटौंडा–४ स्थित कमल डाँडा फुटसल मैदनमा भएको फाइनल खेलमा आवास फुटबल क्लबले चौकीटोल युथ क्लबलाई ६–१ गोल अन्तरले पछि पार्दै उपाधी हात पार्न सफल भएको हो । आवास क्लबले टर्फबाट पहिलो हाफमा विश्व लामा , उज्जवल गौतम र सुमन लामाले १ गोल र सुमिर राज थोकरले ३ गोल गरेका थिए । उपाधी विजेता टिमले पहिलो खेलमा लेभल अफ मकवानपुरलाई दोस्रो क्वाटर फाइनल खेल ।
 प्रतियोगितामा उपाधी विजेता आवास क्लबले मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष वेस खड्कीको प्रमुख आतिथ्यतामा३५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे त्यस्तै उप–विजेता चौकीटोल क्लबले १५ हजार रुपैयाँमै चित्त बुझाए । ३२ वटा टिमको सहभागिता भएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी उपाधी विजेता टिमको तर्फबाट समिरराज थोकर घोषित भए।
प्रतियोगिताको प्रथम पुरष्कारको सहयोग हेटौंडा उपमहानगरपालिका बाट पाएको खेल संयोजक निरज सिंह ठकुरीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले व्यापार व्यवसायीलाई मात्र नभइ खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । खेलमा हारजित भन्ने कुरा सामान्य रहेको बताउनुहुँदै आउने दिनहरुमा खेल क्षेत्रीमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?