१० श्रावण २०८२, शुक्रबार

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन

अमरेस कुमार पाण्डेय

६ असोज, बारा र बिभिन्न नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आफ्नो घुमुवा परिचालन गरेका छन्। सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासबाट सन्दिप चौधरी र सनोज यादव सिमानाकामा खटिएका छन। भने नेपाल प्रहरीले प्रहरी सहायक हवल्दार रामसेवक यादवलाई खटाएका छन्।

दुबै सँगठनका घुमुवाले सिमानाका सहित जिल्लामा नै ताण्डव नचाएका छन्। सशस्त्र प्रहरी बलका घुमुवाहरु १२ नम्बर गणका गणपति टोप वहादुर डागीलाई र नेपाल प्रहरीका घुमुवा यादवले जिल्ला प्रहरी कार्यालय बारामा नयाँ आएका प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई झुक्याएर ताण्डव मचाएको स्रोतको दाबि रहेको छ।

प्रहरी सहायक हवल्दार रामसेवक यादवले जिल्लामा नै तस्करहरुसँग ठेक्का लिई उपरीक्षक काफ्लेसँग सेटिङ मिलाई दिने दाबि गर्दै असुलि गर्दै आएको स्रोतको दाबि रहेको छ।

सशस्त्र प्रहरी डिआइजी दिपेन्द्र साह कुनै एक्सन नै नलिएको देखिन्छ बारा को मुसहरवा नाका,छतवाबैरैनिया मटिअर्वा,द झिटकैया कवही गोठ सिम्रौनगढ लगायत नाकाबाट तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। खेना यादव र जोखन साह, को लता कपडा लगाएत दशैं तिहार छठ पर्व को मैका छोपी किराना समान पडाका समेत तस्करी भइरहेको पाइएको छ। बारा जिल्लाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपरीक्षक लाई थाहा नै न भई तस्करी बाराको बोडर छेत्रको सशस्त्र बिओपी ईन्चार्ज र नेपाल प्रहरी ईन्चार्ज को मिलोमतोमा तस्करी भइरहेको स्रोतले जनाएको छ। संगठन नीति निर्देशनलाई नै धज्जी उडाउँदै कार्य गरिरहेका देखिन्छ। माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?