प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा

सारांश

  • जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको उद्‍घाटनमा विरोध गर्ने आंशकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार राजु सुनुवार, किरण केसी, मोहन श्रेष्ठ र राजेश दाहाललाई नियन्त्रणमा लिइएको छ ।
  • एसपी बोहराले भने, ‘प्रधानमन्त्रीज्यू सहभागी हुने कार्यक्रम बिथोल्ने गरी उनीहरूले सामाजिक सञ्जालमा आह्वान गरेका थिए ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा विरोध गर्ने आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको उद्‍घाटनमा विरोध गर्ने आंशकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार राजु सुनुवार, किरण केसी, मोहन श्रेष्ठ र राजेश दाहाललाई नियन्त्रणमा लिइएको छ । एसपी बोहराले भने, ‘प्रधानमन्त्रीज्यू सहभागी हुने कार्यक्रम बिथोल्ने गरी उनीहरूले सामाजिक सञ्जालमा आह्वान गरेका थिए । त्यसैले उनीहरूलाई नियन्त्रणमा लिएका हौँ ।’

चारै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरिसकेका छन् । कार्यक्रम भने चलिरहेकाले उनीहरूलाई नछाडिएको प्रहरीको भनाइ छ । कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
डलरकाे मूल्य स्थिर हुँदा बढ्याे युराेकाे मूल्य, अन्यकाे के-कति ?
डलरकाे मूल्य स्थिर हुँदा बढ्याे युराेकाे मूल्य, अन्यकाे के-कति ?
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक