६०२ प्यालेस्टिनीको बदलामा हमासले ६ इजरायली बन्दी रिहा गर्ने
१० फागुन, काठमाडौं । इजरायलले रिहा गर्ने ६०२ प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले शनिबार ६ जना इजरायली बन्दी रिहा गर्ने भएको छ ।रिहा हुनेमा हरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद रहेका छन् ।
हालसम्म इजरायलले १९ जना बन्धकहरूलाई फिर्ता पाइसकेको छ भने चार जनाको शव प्राप्त गरेको छ । आगामी हप्तामा थप चार शव फिर्ता गर्ने हमासको तयारी रहेको सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार इजरायलले रिहा गर्ने ६०२ प्यालेस्टिनी बन्दीहरूमा आजीवन कारावासको सजाय पाएका र लामो जेल सजाय भोगिरहेका र पुन पक्राउ परेका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment