च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान
९ फागुन, च्याम्पियन्स ट्रफी २०२५ को तेस्रो खेलमा आज समूह ‘बी’मा रहेका दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दैछन्। खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे कराँचीको नेशनल स्टेडियममा हुनेछ। यो समूह ‘बी’ को पहिलो खेल हो।
दक्षिण अफ्रिकाले १९९८ मा पहिलो च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। टोलीले फाइनलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गर्यो। अफगानिस्तान भने पहिलो पटक प्रतियोगिताको लागि छनोट भएको हो। च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका र अफगानिस्तान पहिलो पटक आमनेसामने हुँदैछन्।
तर एकदिवसीय खेलमा दुई टोलीबीच कडा प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म दुई टोलीबीच ५ एकदिवसीय खेल हुँदा अफगानिस्तानले दुई र दक्षिण अफ्रिकाले ३ खेल जितेको छ।दुई टोली अन्तिम पटक गत वर्ष सेप्टेम्बरमा भिडेका थिए। त्यतिबेला अफगानिस्तानले ३ एकदिवसीय शृङ्खला २-१ ले जितेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment