छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
४ फागुन, संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए।
‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ। त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो। जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म सँधै लागि परेको छु,’ उनले भने। गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment