नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी

सारांश

  • सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित शहर बनेको छ ।
  • बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ ।
  • पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो ।

 

४ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित शहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ । पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो । नेपालको वायु गुणस्तर मापन गर्दै आएको वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो ।

शुक्रबारसम्म गण्डकी प्रदेश राजधानीको वायु प्रदूषण उच्च मापन गरिंदै आइएको थियो । आज दोस्रो स्थानमा रहेको भक्तपुरको १८२ एक्यूआई वायु प्रदूषण मापन गरिएको छ । त्यस्तै काठमाडौं शंखपार्क १७४, भैंसेपाटी १७२, रत्नपार्क १७०, पोखरा १६९, खुमल्टार १६५, भरतपुर १६१ र हेटौंडाको १५९ एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ ।

५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ । मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

काठमाडौं विश्वको पाँचौं प्रदूषित शहर

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वभरि प्रदूषित शहरमा काठमाडौं पाँचौं नम्बरमा छ । १७८ एक्यूआईसहित काठमाडौं पाँचौं प्रदूषित सहर बनेको आईक्यूले जनाएको छ । विश्व प्रदूषित सहरका शीर्ष ५ स्थानमा दक्षिणी एसियाली मुलुकको वर्चश्व छ। पहिलो स्थानमा हाम्रै छिमेकी देश भारतको दिल्ली परेको छ । यो समाचार तयार पार्दासम्म दिल्लीको वायु प्रदूषण ३३१ मापन गरिएको छ । त्यस्तै पाकिस्तानको लाहोरको २७६ र बंगलादेशको लाहोर २२४ मापन गरिएको छ । छैटौं नम्बरमा चीनको वुहान राज्य परेको छ । वुहानको वायु प्रदूषण १७५ एक्यूआई मापन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?