नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

सारांश

  • भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ ।
  • २५ जना घाइते भएका छन् ।
  • यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ ।

४ फागुन, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो ।यो घटना हुनुमा मुख्य दुई कारण मानिएको छ ।एक- अत्यधिक भिडका कारण यात्रुहरुलाई श्वासप्रश्वासमा समस्या भयो ।

केही यात्रु बेहोस भए । त्यसपछि भागदौड मच्चियो ।दुई- प्लेटफर्म नम्बर १४ मा १६ नम्बर प्लेटफर्ममा रेल आएको अनाउन्समेन्ट भयो । त्यसपछि यात्रुहरु त्यतैतर्फ जानका लागि तछाडमछाड गर्न थाले । त्यसपछि मानिसहरु किल्चिए ।रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार राति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा जम्मा भएका थिए ।

सबैलाई यो नै आजको अन्तिम रेल हो भन्ने लाग्यो अनि सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको बताए ।घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालका प्रमुख प्रशासक ऋतु सक्सेनाले अस्पतालमा १५ जनाको ज्यान गएको बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।

तर भारतका अन्य न्युज च्यानलहरुले मृतकको संख्या १८ पुगेको उल्लेख गरेका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो
हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार (सूचीसहित)
४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार (सूचीसहित)
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन
स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु