Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३८ पटक हेरिएको
Shares
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ

सारांश

  • वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा सिरहा नगरपालिका-८ घर भई हाल काठमाडौं-३२ तीनकुने बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन्।
  • दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौं-३२ कोटेश्वरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

 

१ फागुन,  काठमाडौं। वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहा नगरपालिका-८ घर भई हाल काठमाडौं-३२ तीनकुने बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन्। दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौं-३२ कोटेश्वरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

अमेरिका पठाइदिने बहानामा दुई जना व्यक्तिबाट २१ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए। ‘आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका लैजाने भन्दै रकम लिएर लामो समयसम्म झुक्यानमा पारी सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए,’ आचार्यले भने। पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको आचार्यले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
रास्वपा महाधिवेशन : प्रतिनिधिका नामावलीमाथि बिहानैदेखि दाबी विरोध जारी
रास्वपा महाधिवेशन : प्रतिनिधिका नामावलीमाथि बिहानैदेखि दाबी विरोध जारी
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरु
क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरु
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्