Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
५० पटक हेरिएको
Shares
विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा

सारांश

  • काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर बनेको छ ।
  • विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ ।
  • पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ ।

१ फागुन, काठमाडौं ।

काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ । पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ । त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।

वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ ।  दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ । बिहानैदेखि वायु प्रदूषण उच्च हुँदा जनजीवन प्रभावित हुन थालेको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ । मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ ।

‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
मिथिला क्षेत्रमा आज चौरचन मनाइँदै
मिथिला क्षेत्रमा आज चौरचन मनाइँदै
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
शरीरका लागि चमत्कारी कालो मरीच, यस्ता छन् फाइदाहरू
शरीरका लागि चमत्कारी कालो मरीच, यस्ता छन् फाइदाहरू
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
गुल्सनले यू–१९ एसिया कप खेल्ने
गुल्सनले यू–१९ एसिया कप खेल्ने