११ श्रावण २०८२, शनिबार

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

 

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पा, रून्टीगढी गाउँपालिका-२ लामीडाँडास्थित सडकमा रून्टीगढीबाट धारापानीतर्फ जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका-२ धारापानी बस्ने ६५ वर्षीय ईन्द्र घर्तीको घट्नास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका अटो चालक समेत २ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१ मिलनचोकस्थित सडकमा बा-५ ख ६२५२ नम्बरको बसले ना.४३ प ५३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक गैंडाकोट नगरपालिका-१ बस्ने पर्सा धोबीनी गाउँपालिका(३ घर भएका ३० वर्षीय अर्जुन महत्तोको मृत्यु भएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।चितवन, रत्ननगर नगरपालिका-५ जनकल्याण चोकस्थित सडकमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने २८ वर्षीय आलोक महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?