सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सारांश

  • विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • रोल्पा, रून्टीगढी गाउँपालिका-२ लामीडाँडास्थित सडकमा रून्टीगढीबाट धारापानीतर्फ जाँदै गरेको रा.
  • १ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका-२ धारापानी बस्ने ६५ वर्षीय ईन्द्र घर्तीको घट्नास्थलमै मृत्यु भएको छ ।

 

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पा, रून्टीगढी गाउँपालिका-२ लामीडाँडास्थित सडकमा रून्टीगढीबाट धारापानीतर्फ जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका-२ धारापानी बस्ने ६५ वर्षीय ईन्द्र घर्तीको घट्नास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका अटो चालक समेत २ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१ मिलनचोकस्थित सडकमा बा-५ ख ६२५२ नम्बरको बसले ना.४३ प ५३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक गैंडाकोट नगरपालिका-१ बस्ने पर्सा धोबीनी गाउँपालिका(३ घर भएका ३० वर्षीय अर्जुन महत्तोको मृत्यु भएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।चितवन, रत्ननगर नगरपालिका-५ जनकल्याण चोकस्थित सडकमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने २८ वर्षीय आलोक महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते
एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु