नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी

सारांश

  • नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठक आज (मंगलबार) नयाँ दिल्लीमा हुने भएको छ।
  • बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली नयाँ दिल्ली पुगेको छन् ।
  • नेपाल र भारतबीच सन् २०३५ सम्म १५ हजार मेगावाट निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माण गर्ने सहमति हुने भएको छ ।

 

 

२९ माघ, काठमाडौं । नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठक आज (मंगलबार) नयाँ दिल्लीमा हुने भएको छ। बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली नयाँ दिल्ली पुगेको छन् । नेपाल र भारतबीच सन् २०३५ सम्म १५ हजार मेगावाट निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माण गर्ने सहमति हुने भएको छ ।

 नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दिर्घकालीन विद्युत व्यापार सम्झौता भएको छ भने ऊर्जा विकास मार्गचित्र तथा कार्यान्वयन योजना-२०८१ मा सन् २०३५ सम्म भारतमा १० हजार मेगावाट र बंगलादेशलगायतमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य छ । उक्त लक्ष्य पूरा गर्ने गरी प्रसारणलाइन तयार पार्न लागिएको हो । भारतको बाटो हुँदै बंगलादेश बिजुली निर्यात गर्नुपर्ने बाध्यता छ । अहिले बंगलादेशलाई नेपालले ४० मेगावाट निर्यात गरेर व्यापार थालेको छ । ६८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत आयोजनामा लगानी गरेर बिजुली लैजाने खोजेको छ ।

माथिल्लो कर्णालीको ५०० मेगावाट लैजाने प्रस्ताव गरेको छ । यद्धपी विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भने हुन सकेको छैन ।  ऊर्जा मन्त्रालका सहसचिव सन्दिप देवका अनुसार हालै सम्पन्न सहसचिवस्तरीय बैठकमा थप ४०० केभीका २ प्रसारणलाइन २०३५भित्र सम्पन्न गर्ने सहमति भएको छ । सचिवस्तरीय बैठकमा इनरुवा पुर्णिया र लम्की बरेली ४०० केभी प्रसारणलाइनको मोडालिटी टुंगिनेछ । नेपालतर्फको खण्ड निर्माण गर्न विद्युत् प्राधिकरणको ५१ प्रतिशत र भारतको ग्रिड कर्पोरेसनको ४९ प्रतिशत सेयर भएको कम्पनी बनाउने तथा भारतपट्टीको बाँकी खण्ड बनाउन भारतीय पक्षको ५१ प्रतिशत र नेपालीको ४९ प्रतिशत सेयर भएको कम्पनी बनाउने समझदारी भएको छ । यो समझदारीलाई सचिवस्तरीय बैठकले अन्तिम रुप दिनेछ ।

चमेलिया-जलजीवीमा २२० केभी थप दुई महिना अध्ययन गरी  दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने समझदारी भएको छ । निजगढ- मोतिहारी र कोहलपुर-लखनउ ४०० केभीका प्रसारणलाइन निर्माण गर्न समझदारी भएको हो । यी सबै प्रसारणलाइन बनिसक्दा नेपाल भारत १५००० मेगावाट विद्युत आयात निर्यात गर्न सकिन्छ । इनरुवा-पुर्णिया सन् २०२७/०२८ भित्र सम्पन्न गर्ने लक्ष्य तय भइसकेको छ । लम्की (दोधारा)-बरेली २०२८/०२९ मा सम्पन्न गर्ने लक्ष्य तय भएको छ । यी दुवै प्रसारणलाइन उक्त मितिमा सक्ने नेपाल र भारतबीच सहमति भइसकेको छ । बर्खामा सरप्लस हुने बिजुली बर्खामा निर्यात गर्ने र हिउँदमा अपुग हुने बिजुली आयात गर्ने गरेको छ । अधिकांश नदी प्रवाही आयोजना रहेका कारण भारतबाट आयात भएपनि औद्योगिक लोडसेडिङ हुने गरेको छ ।

भारतले सोलार आवरमा मात्रै बिजुली दिएका कारण अहिले दैनिक ८ घण्टासम्म औद्योगिक लोडसेडिङ भइरहेको छ । हिउँदको बिजुली आयात र बर्खामा निर्यातको विषयमा समेत छलफल हुनेछ । बर्खामा भारतले नकिनेका कारण खेर फाल्नुपर्ने अवस्था छ ।अहिले नेपालको कुल जडित क्षमता करिब ३४०० मेगावाट पुगेको छ । आन्तरिक खपत २००० मेगावाटभन्दा तल छ । बर्खामा सरप्लस हुने बिजुली आन्तरिक खपत नहुँदा बेच्नुपर्ने बाध्यता छ । आयात निर्यातको विषयमा समेत छलफल हुनेछ। भारतले लगानी गरेका जलविद्युत आयोजनाहरुको विषयमा समेत छलफल हुनेछ । नेपालले ती आयोजनाहरुको सहजीकरण गर्ने विषयमा जानकारी गराउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो