रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल

सारांश

  • चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएको छ ।
  • चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए ।
  • तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको छ ।

२४, माघ, चितवन ।

चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएको छ । चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए । तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको छ ।

चितवन आएका तीनै जना सरकारी वकिलले साहारा बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा चितवन अदालतमा परेको लामिछाने विरुद्दको मुद्दामा बहस थालेका छन् । जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आएका हुन् । ‘नेपाल सरकारको मुद्दामा कमजोर बहस नहोस् जोडतोडले तथ्यहरु आउन सकुन् भनेर उहाँहरुलाई झिकाइएको हो,’ कार्यालय स्रोतले भन्यो, ‘जिल्लाका सरकारी वकिलको बहसलाई थप बल प्रदान गर्न अन्य जिल्लाबाट सरकारी वकिल झिकाइएको हो ।’

सहकारी ठगीको मुद्दामा चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ । सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौलाले बहस गर्दैछन् । यस्तै आज सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्दै गौतमले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएका छन् । जाहेरवालाका तर्फका वकिलले बहस गरेपछि प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् । लामिछानको तर्फबाट ११ जनाले बहस गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
गैंडाको आक्रमणबाट एकको मृत्यु
गैंडाको आक्रमणबाट एकको मृत्यु
प्रधानमन्त्री ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
संसद सचिवालयले बोलायो सर्वदलीय बैठक
संसद सचिवालयले बोलायो सर्वदलीय बैठक
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई