लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार

सारांश

  • साताको पहिलो कारोबारदेखि निरन्तर गिरावट आइरहेको शेयर बजार मङ्गलवार २४.
  • ५० अङ्कले बढेर २६५७.
  • ७७ को विन्दुमा बन्द भएको हो ।

 

१५ माघ,  लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ । साताको पहिलो कारोबारदेखि निरन्तर गिरावट आइरहेको शेयर बजार मङ्गलवार २४.५० अङ्कले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको हो ।

साताको तेस्रो कारोबारका दिन १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै परिसूचक १०.६६ अङ्कले घटेर २६३३.२७ को विन्दुमा बन्द भएको थियो ।  आज उपकार लघुवित्त वित्तीय संस्था, सिकल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी कम्पनीहरूको  शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?