लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से, ९ अर्बको कारोबार
१५ माघ, लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ । साताको पहिलो कारोबारदेखि निरन्तर गिरावट आइरहेको शेयर बजार मङ्गलवार २४.५० अङ्कले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको हो ।

साताको तेस्रो कारोबारका दिन १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै परिसूचक १०.६६ अङ्कले घटेर २६३३.२७ को विन्दुमा बन्द भएको थियो । आज उपकार लघुवित्त वित्तीय संस्था, सिकल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी कम्पनीहरूको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment