डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने

सारांश

  • जिल्लामा यही माघ २२ गते देखि फागुन २८ गते सम्म १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई क्यान्सर विरुद्धको खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
  • विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको प्रमुख मलासीले बताए ।
  • खोप सञ्चालनको बारेमा जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वास्थ्य संस्थासँग समन्वय भइसकेको समेत बताए ।

१४ माघ, डोटी- डोटी जिल्लामा ११ हजार ४ सय ८७ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।जिल्लामा यही माघ २२ गते देखि फागुन २८ गते सम्म १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई क्यान्सर विरुद्धको खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको प्रमुख मलासीले बताए । खोप सञ्चालनको बारेमा जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वास्थ्य संस्थासँग समन्वय भइसकेको समेत बताए ।  जिल्लाको स्थानीय तहगत रूपमा हेर्दा बडीकेदार गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय ४१ र नजाने ८ जना गरी ७ सय ४९ जना,

बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय २९ र नजाने ४८ जना गरी ७ सय ७७ जना, जोरायल गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ८७ र नजाने १० जना गरी १ हजार ९७ जना, सायल गाउँपालिकामा विद्यालय जाने किशोरी ९ सय ४८ र नजाने ५२ जना गरी १ हजार जना, दिपायल सिलगढी नगरपालिका विद्यालय जाने किशोरी १ हजार ९ सय ३९ र नजाने १ सय २ जना गरी २ हजार ४१ जना, शिखर नगरपालिका विद्यालय जाने किशोरी १ हजार ६ सय १४ र नजाने ६३ जना गरी १ हजार ६ सय ७७ जना, के आई सिंह गाउँपालिकामा

विद्यालय जाने किशोरी १ हजार २ सय ६८ र नजाने  ११ जना गरी १ हजार २ सय ७९ जना, पुर्विचौकी गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार १ सय ४७ र नजाने ५७ जना गरी १ हजार २ सय ४ जना र आदर्श गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ४ सय २८ र नजाने २ सय ३५ गरी १ हजार ६ सय ६३ जना किशोरीहरूलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले बताए ।  जिल्लाभरि विद्यालय जाने १० हजार ९ सय १ र विद्यालय नजाने ५ सय ८६ गरी ११ हजार ४ सय ८७ किशोरीलाई खोप लगाइने बताए  । खोप लगाउनका लागि जिल्लाभर ३ सय २ खोप केन्द्रमा ३ सय ३ जना स्वास्थ्यकर्मी र ६ सय ४ जना स्वयंसेवक परिचालन गरिने समेत कार्यक्रम संयोजक विष्टले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
दुई दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस