२६ जेष्ठ २०८२, आईतवार

रवि लामिछानेको मुद्दामा आजै आदेश आउने

 

२ माघ, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा फैसला हुने भएको हो ।

यो मुद्दामा मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment