दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका प्र.१.०२-०५५ प ६१२३ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ भने सोही मोटरसाइकलमा सवार १ जनाको लाईफ लङ अस्पताल गोलबजारमा उपचार भइरहेको छ। बाँके, राप्तीसोनारी गाउँपालिका-७ सर्रास्थित सडकमा भे.१ ख ३७७४ नम्बरको बस र भे.६ प ८८३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय दिल बहादुर थारू र मोटरसाइकलमा सवार २५ वर्षीय राजन थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

बारा, फेटा गाउँपालिका-३ फेटा बजारस्थित सडकमा प्र.२-०३-००१ त २७७६ नम्बरको ट्याक्टरले बीआर ०५ एएफ ०६४३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भारत बिहार राज्य मोतिहारी बस्ने ३० वर्षीय मिन्टु रामको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। यसैगरी बारा, जीतपुर सिमरा उपमहानगरपालिका-२ स्थित सडकमा जीतपुरबाट सिमरातर्फ आउँदै गरेको ना.२८ प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २२ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकामोटरसाइकलमा सवार १ जनाको एभरग्रीन तराई अस्पताल सिमरामा उपचार भइरहेको छ।

यसैगरी बारा, महागढीमाई नगरपालिका-७ तेलकुवास्थित सडकमा बिआर ०५ एक्स ७९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भारत बिहार मोतिहारी आन्द्रा बस्ने ३८ वर्षीय रामबाबु पाठकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। नुवाकोट, बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित सडकमा प्र.३-०६-०१ प ४६४१ नम्बरको मोटरसाइकल र बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ रातोमाटे बस्ने १८ वर्षीय आयुष अर्यालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत मैत्री अस्पताल चाबहिल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्र.३-०६-०१प ४६४१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Post Comment