मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
४६ पटक हेरिएको
Shares
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते

सारांश

  •   शनिबार  दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
  • वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी-६ मा ठोक्किँदा दुर्घटना भएको थियो।
  • कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका जनाउँदै प्रहरी प्रवक्ता अर्यालले घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताए।

२७ पुस,  मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।  शनिबार  दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी-६ मा ठोक्किँदा दुर्घटना भएको थियो। कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका जनाउँदै प्रहरी प्रवक्ता अर्यालले घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताए।

स्कार्पियो चालकको पहिचान खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि एलाइभ अस्पताल भरतपुर पठाइएको अर्यालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरपालिकाले हुलाकबाट पठाए पूर्व राजालाई जरिवाना पत्र
काठमाडौं महानगरपालिकाले हुलाकबाट पठाए पूर्व राजालाई जरिवाना पत्र
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा
दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव
जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव
कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण
कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण