२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान

अमरेश कुमार पाण्डेय

२४ पुस, बारा । नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित बाराबाट केन्द्र प्रदेश र जिल्ला कार्य समिति बाराका पत्रकारहरु लाई रास्ट्रिय दलित पत्रकार संघ बारा शाखाले स्वागत तथा सम्मान गरेको छ । बाराको कलैया स्थित नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएशन बारा कलैयाको सभा हलमा बुधबार एक कार्यक्रम गरि नव निर्वाचित पत्रकारहरुलाई खादा माला लगाई समान गरको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा समपन भएको थियो। प्रमुख अतिथी राष्ट्रिय दलित पत्रकार संघ नेपालको उपा अध्यक्ष भोला पासवानको रहेको थिए।

पत्रकार माहासंघको निर्वाचित केन्द्रिय सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रिय सचिव सिकेन्द्र पासवानको विशिष्ट अथिति तथा प्रेस युनियन मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ मधेस प्रदेशको कोषाध्यक्ष अनिल कुमार गौरव, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, उपाध्यक्ष प्रीयन्का दास, सचिव पुष्पराज खतिवडा, सह सचीव ईन्दिप कोईराला सदस्य धिरेन्द्र तिवारी, नरेश गुप्ता,नवीन चौधरी,प्रभु यादव प्रयेटन पत्रकार संघका पवन यादव लगायत कार्य समिती सदस्यहरू त्यस्तै प्रेस जनमत संघका जिल्ला अध्यक्ष अमरेश कुमार पाण्डे, प्रेस युनियन बाराका सचिव रमेश कुसवाहा प्रेस सेन्टरका रमेश साह लगायतको पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रममा आफ्नो मन्तव्य ब्यक्त राख्ने क्रममा केन्द्रिय सदस्य समेत रहनु भएको सिकेन्द्र पासवानले समाचार लेख्ने क्रममा वा समाचार लेखेकै भरमा कसैले धाक धम्की दिए पत्रकार महासंघ कानुनी दायरामा ल्याई कसैलाई न छोड्ने प्रतिबद्धता दिनु भयो । त्यस्तै स्वतन्त्र र निष्पक्ष समाचार लेख्न तथा पत्रकारिता गर्न पछाडि नहट्नको लागि सम्पुर्ण पत्रकारलाई सुझाव समेत दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment