भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
८७ पटक हेरिएको
Shares
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा

सारांश

  • अस्ट्रेलियन क्रिकेट टोली विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।
  • भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३-१ ले जितेको अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा लगातार दोस्रोपटक पुगेको हो ।
  • भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्दै श्रृंखला ३-१ ले कब्जा गर्‍यो ।

२१ पुस, काठमाडौं । अस्ट्रेलियन क्रिकेट टोली विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३-१ ले जितेको अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा लगातार दोस्रोपटक पुगेको हो । भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्दै श्रृंखला ३-१ ले कब्जा गर्‍यो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित ३४ तथा बेउ वेबस्टरले अविजित ३९ रन बनाए । उसमान ख्वाजाले ४१ रन बनाए । भारतका प्रसिध कृष्णाले तीन तथा मोहमद सिराजले एक विकेट लिए । त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भयो । भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए । पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०-विकेट फिगर पनि हासिल गरे । भारतले अन्तिम टेस्टमा टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनमै १८५ रनमा अलआउट भएको थियो ।

जवाफमा अस्ट्रेलिया १८१ रनमा अलआउट हुँदा भारत ४ रनको अग्रतासहित १५७ रनमा अलआउट हुँदा अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो । पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो र चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो ।टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ ।  दक्षिण अफ्रिकाले पहिलोपटक टेस्ट च्याम्पियनसीपको फाइनल खेल्ने छ । वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आगामी जुन महिनामा हुँदै छ । सन् २०१९ देखि सुरू भएको टेस्ट च्याम्पयनसीपमा हालसम्मका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक-एकपल्ट जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर