आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय

सारांश

  • राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
  • अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।
  • बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित गरेको उनले बताए ।

 

२० पुस, काठमाडौँ । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित गरेको उनले बताए । बैठकले भ्रष्टाचारको विरुद्ध र सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनालगायतको माग राखेर चैत महिनादेखि जनसंघर्ष सुरु गर्ने निर्णय पनि गरेको छ।

यस्तै बैठकले भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्न अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अवधारणामा आधारित अधिकार सम्पन्न संवैधानिक निकायको व्यवस्था गर्न माग समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?