ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते
२० पुस, मोरङ । मोरङको विराटनगरमा मालवाहक ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्रवार साँझ विराटनगर–१४ भन्सार संयुक्त्त जाँचचौकी जाने सडकमा भन्सार जाँचपास भएर उत्तरतर्फ आउँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको भारतीय ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment