सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ७, २०८१
|
|
७१ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद

सारांश

  • पर्साको  वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट शनिबार  सशस्त्र प्रहरी बलले डेढ लाख भन्दाबढी  क्याप्सुल लागूऔषध बरामद गरेको छ ।
  • विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं.
  • १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले संचालन गरेको सृष्टी किराना जेनरल स्टोरमा  शनिवार राती खानतलासी गरेको थियो ।

७ पुस, काठमाडौँ। पर्साको  वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट शनिबार  सशस्त्र प्रहरी बलले डेढ लाख भन्दाबढी  क्याप्सुल लागूऔषध बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं. १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले संचालन गरेको सृष्टी किराना जेनरल स्टोरमा  शनिवार राती खानतलासी गरेको थियो ।

सो क्रममा ५ वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध  बरामद भएको हो । स्टोर संचालक कोइरीलाई समेत वीरगंज भन्सार कार्यालय अगाडीबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृ*त्यु
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृ*त्यु
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित