प्रधान सेनापति सिग्देल भारत प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
४० पटक हेरिएको
Shares
प्रधान सेनापति सिग्देल भारत प्रस्थान

सारांश

  • नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् ।
  • मंगलबार उनी भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
  • भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन् ।

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् । मंगलबार उनी भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन् । भ्रमण टिममा सिग्देलपत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी छन् । प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् । सिग्देललाई मंसिर २७ मा भारतिय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

भ्रमणको क्रममा उनले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन् । इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेठको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा प्रधान सेनापति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग केसीलाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी दिइएको छ । सिग्देल मंसिर ३० मा स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर
ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
भुटानका राजा पर्सि काठमाडौं आउँदै
भुटानका राजा पर्सि काठमाडौं आउँदै
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारीमा नीतीश कुमार
बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारीमा नीतीश कुमार