कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
७२ पटक हेरिएको
Shares
कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक

सारांश

  • पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।
  • अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन ।
  • इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार डिल्लीशेर राईले सञ्चालन गरेको बान्तवा होटलमा बिहीबार बेलुका आएर सुतेका व्यक्ति मृत फेला परेका हुन् ।

२१ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।

अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार डिल्लीशेर राईले सञ्चालन गरेको बान्तवा होटलमा बिहीबार बेलुका आएर सुतेका व्यक्ति मृत फेला परेका हुन् । सुतेकै ठाउँमा शुक्रबार बिहान साढे ५ बजेतिर मृत फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको दाहालले बताए ।

उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाइएको छ । मृत फेला परेका पुरुष केही समयदेखि कानेपोखरी क्षेत्रमा काम गर्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित
दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
धरानको भाटभटेनीभित्र ३ जनाको श*व फेला
धरानको भाटभटेनीभित्र ३ जनाको श*व फेला
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आजदेखि संसद् सञ्चालन हुन्छ : सभामुख
आजदेखि संसद् सञ्चालन हुन्छ : सभामुख