२६ जेष्ठ २०८२, आईतवार

कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक

 

२१ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।

अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार डिल्लीशेर राईले सञ्चालन गरेको बान्तवा होटलमा बिहीबार बेलुका आएर सुतेका व्यक्ति मृत फेला परेका हुन् । सुतेकै ठाउँमा शुक्रबार बिहान साढे ५ बजेतिर मृत फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको दाहालले बताए ।

उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाइएको छ । मृत फेला परेका पुरुष केही समयदेखि कानेपोखरी क्षेत्रमा काम गर्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?