विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति

सारांश

  • प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल अघि बढाउँदैछ ।
  • बुधबार समितिले विधेयकमाथि छलफल राखेको छ ।
  • जहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई आमन्त्रण गरिएको छ ।

१९ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल अघि बढाउँदैछ । बुधबार समितिले विधेयकमाथि छलफल राखेको छ । जहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई आमन्त्रण गरिएको छ ।

बैठक समितिको सचिवालय सिंहदरवारमा दिउँसो १ बजे बस्नेछ । समिति सचिवालयका अनुसार विधेयकमाथि संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरूसँग एकसरो छलफल सकिएको छ । अब दफावार छलफल अगाडि बढाउने तयारी छ । यसका लागि बुधबार बैठम राखिएको हो । विद्यालय शिक्षा विधेयक २५ असोज २०८० देखि संसदमा विचाराधीन छ । सांसदहरूले १५२ समूहमा एक हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । संशोधनकर्ता सांसदहरुको प्रस्ताव समेतका आधारमा अब विधेयकमाथि दफावार छलफल सुरु गर्ने शिक्षा समितिको तयारी छ ।

मंगलबार मात्रै पनि सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकमाथि छलफल अगाडि बढाउन समिति सभापति अम्मबरबहादुर थापालाई भनेका थिए । राजनीतिक सहमति आवश्यक भए त्यसका लागि समेत पहल गर्न र राजनीतिक रुपमा सहमति गर्नुपर्ने विषय पहिचान गरेर आफूलाई समेत दिन सभामुख घिमिरेको आग्रह छ .

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषकलाई चैते धानको बीउ अनुदानमा
कृषकलाई चैते धानको बीउ अनुदानमा
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु
नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल