विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव

सारांश

  • विधिवतरुपमा आइतवार शुरू भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।
  • त्यस अवसरमा अयोध्याबाट करिब पाँच सयको सङ्ख्यामा आएका साधुसन्तको जन्ती टोली पनि  सहभागी भएको थियो ।
  • विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव र भोलि पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ ।

१९ मंसिर, काठमाण्डौ – जनकपुरधाममा चलिरहेको साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन हिजो धनुषयज्ञ सम्पन्न भएको छ । विधिवतरुपमा आइतवार शुरू भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।

त्यस अवसरमा अयोध्याबाट करिब पाँच सयको सङ्ख्यामा आएका साधुसन्तको जन्ती टोली पनि  सहभागी भएको थियो । विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव र भोलि पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ । मुख्य दिन पर्सि जनकपुरकै राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पुर्‍याउने छ ।

त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ । रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ । यसैबीच मधेस प्रदेश सरकारले जनकपुरधाममा हुन लागेको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र भव्य बनाउन आवासको व्यवस्था गरेको छ ।

रामजानकी विवाह हुने दिन पर्सि शुक्रवार जनकपुरधाममा लाखौँको सङ्ख्यामा मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउने गरी प्रदेश सरकारले शहरका विभिन्न ठाउँमा अस्थायी आवासलगायत संरचना बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पबारे टिप्पणी गर्ने न्यूजील्याण्डका उच्चायुक्त बर्खास्त
ट्रम्पबारे टिप्पणी गर्ने न्यूजील्याण्डका उच्चायुक्त बर्खास्त
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
मन्त्रीका स्वकीय सचिवको मृत्यु,संसदीय छानबिन गर्न तीन दलको माग
मन्त्रीका स्वकीय सचिवको मृत्यु,संसदीय छानबिन गर्न तीन दलको माग
प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन
प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा