शिक्षकहरूको तलब मासिक रुपमा दिन शिक्षा मन्त्रीको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १८, २०८१
|
|
३६ पटक हेरिएको
Shares
शिक्षकहरूको तलब मासिक रुपमा दिन शिक्षा मन्त्रीको आग्रह

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।
  • कतिपय स्थानीय सरकारले शिक्षकलाई मासिक तलब नदिएको गुनासो आएपछि शिक्षा मन्त्रालयले पत्रमार्फत् यो अनुरोध गरेको हो ।
  • शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षकलाई मासिक तलब खुवाउन संघीय मन्त्रालयलाई पत्र पठाएर अनुरोध गरेको जानकारी दिंदै भनिन्, ‘शिक्षकले तलब नपाउँदा विद्यार्थीको सिकाइ प्रभावित भएको छ ।

१८ मंसिर,  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

कतिपय स्थानीय सरकारले शिक्षकलाई मासिक तलब नदिएको गुनासो आएपछि शिक्षा मन्त्रालयले पत्रमार्फत् यो अनुरोध गरेको हो । शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षकलाई मासिक तलब खुवाउन संघीय मन्त्रालयलाई पत्र पठाएर अनुरोध गरेको जानकारी दिंदै भनिन्, ‘शिक्षकले तलब नपाउँदा विद्यार्थीको सिकाइ प्रभावित भएको छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमाफर्त ७५३ वटै पालिकामा पत्र पठाएर तलब मासिक रूपमा दिने अनुरोध गरेपनि शिक्षकले तलब नपाएको गुनासो गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखिएको मन्त्री भट्टराईको भनाइ छ । शिक्षा दिवसको अवसर पारेर असोज २ गते सार्वजनिक रूपमा सबै स्थानीय पालिकालाई शिक्षकको तलब मासिक दिन अनुरोध गरेपनि सुनुवाइ नभएको उनको गुनासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
मनाङ एयरको उडान अनुमतिपत्र निलम्बन
मनाङ एयरको उडान अनुमतिपत्र निलम्बन
झापा र मोरङबाट लागुऔषधसहित ७ जना पक्राउ
झापा र मोरङबाट लागुऔषधसहित ७ जना पक्राउ
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
मधेशका सभामुख यादवले गरे पदभार ग्रहण
मधेशका सभामुख यादवले गरे पदभार ग्रहण
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक