करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु
३ मंसिर, ताप्लेजुङ — विद्युत् प्रवाह भइरहेको तार चुँडेर लाग्दा घाइते मैवाखोला गाउँपालिका-३ की ७ वर्षीया बालिका मंसिरी शेर्पाको मृत्यु भएको छ ।उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार साङ्गे शेर्पाकी छोरी मंसिरी विद्यालयबाट घर फर्किरहेकी थिइन् । उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत थिइन् । घर फर्कने क्रममा उनलाई पोलबाट झरेको तारले लागेको थियो । यो क्षेत्रमा दुईवर्ष अघि पनि यस्तै गरि करेन्ट लागेर एकजनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment