रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते
सुर्खेत । रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
काठमाडौंबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका लागि आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार रिठा भन्ने स्थान नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले जानकारी दिए । बस सडकबाट करिब एक सय मिटर तल खसेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment