ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
२४ पटक हेरिएको
Shares
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

सारांश

  • भक्तपुरमा शुक्रबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरि गोविन्द सुवाल रहेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्र्याक्टर अनियन्त्रण भएर पल्टिएको हो ।

१ मंसिर, काठमाडौँ । भक्तपुरमा शुक्रबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरि गोविन्द सुवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्र्याक्टर अनियन्त्रण भएर पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुवाललाई थप उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गरिएकोमा उपचारको क्रममा शुक्रबार राति निधन भएको थियो ।

ट्रयाक्टरमा सवार ४ जनाको भक्तपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु, ७४ वर्षीय पूर्णकेसी शिल्पकार रहेका छन् । दुर्घटनामा घाइते भएका ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको नायब उपरीक्षक नेउपानेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो