रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
४० पटक हेरिएको
Shares
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

सारांश

  • बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।
  • बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो ।
  • लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

 

३० कात्तिक,बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।

बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो । लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ । विमानस्थल खुल्नेबित्तिकै लामिछानेलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जानकारी दिए ।

सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग तीन दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए । गत मंगलबार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा ७४ वटा सवालको जवाफ लिइएको न्यायधिवक्ता पौडेलले उल्लेख गरे ।बयान लिने क्रममा जिल्ला न्यायाधिवक्ता पौडेलसहित प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । लामिछानेसँग बिहिबार बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको थियो । लामिछानेलाई राति ८: २५ बजे सरकारी वकिल कार्यालयबाट बाहिर निकालिएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भएको थियो । बयानका क्रममा लामिछानेले आफू सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सदस्य नै नभएको भन्दै बचत अपचलनमा संलग्न रहेको इन्कार गरेको स्रोतले बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमार्फत् अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयान पश्चात अदालतमा पेस गर्नेछ ।

 

सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये सुप्रिमको करिब एक अर्ब ऋण प्रवाहमध्ये जीबी राई जोडिएका संस्था, कम्पनी र व्यक्तिको मात्रै ७० प्रतिशत बढी अर्थात् ७० करोड रकम नै हिनामिना भएको संसदीय प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
मुख्यमन्त्री सिंहले गरे बर्दिवासका ८ अस्पतालमा अनुगमन, ५ वटा बन्द गर्न निर्देशन
मुख्यमन्त्री सिंहले गरे बर्दिवासका ८ अस्पतालमा अनुगमन, ५ वटा बन्द गर्न निर्देशन
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध
नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद
हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य