Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी

सारांश

  • दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
  • झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन्।
  • भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

 

२९ कात्तिक, एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स)माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन्। भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो। सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी घाइते भएकी थिइन्। उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)
तीनकुनेमा अश्रुग्यास प्रहार राजावादीको कार्यक्रम बिथोलियो
तीनकुनेमा अश्रुग्यास प्रहार राजावादीको कार्यक्रम बिथोलियो
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा