२६ भाद्र २०८२, बिहीबार

बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

 

२७ कार्तिक, काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट २ करोड ५० लाख रूपैयाँ जरिवाना भई फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-९ का ३७ वर्षीय दिव्य श्रेष्ठ छन् । श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनलले २०८० असार ३ गते दुई करोड ५० लाख पीडितलाई भराई बिगोबमोजिम दुई करोड ५० लाख नै जरिवाना गर्ने आदेश गरेको थियो ।

साथै, क्षतिपूर्ति बापत पीडित राहत कोषमा १० लाख जम्मा गराउन भनेको थियो । अदालतमा मुद्दा परेपछि फरार रहेका उनलाई प्रहरीले सोमबार जावलाखेलबाट पक्राउ गरेर मंगलबार अदालतमा पेस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment