वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित
२६ कार्तिक, काठमाडौं । इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य इङ्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। यो जितपछि इङ्ल्याण्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। अब सिरिजको तेस्रो खेल शुक्रबार हुने छ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment