Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
५३ पटक हेरिएको
Shares
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी

सारांश

  • सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लाने तयारी भएको छ।
  • कार्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा राखिएका उनलाई कास्की जिल्ला अदालतबाट थप १३ दिन हिरासत राख्न अनुमति लिएर रुपन्देही अड्डासार गर्ने तयारी भएको हो ।
  • पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ।

 

२६ कार्तिक, काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लाने तयारी भएको छ।

कार्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा राखिएका उनलाई कास्की जिल्ला अदालतबाट थप १३ दिन हिरासत राख्न अनुमति लिएर रुपन्देही अड्डासार गर्ने तयारी भएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ। सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ।

लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ। रुपन्देही प्रहरी स्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट  भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढेको छ। ‘मिलेसम्म सोमबार साँझ, प्रक्रिया ढिला भयो भने मंगलबार बिहानको उडानबाट भैरहवा ल्याउँछौँ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रन्जित सिंह राठौरले भने ।   रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। लामिछानेसँगै गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन्। बञ्जाडेलाई प्रहरीले यसअघि नै रुपन्देही ल्याएर बयान गरी कास्की पठाइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?