बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा

सारांश

  • जिल्लाको एक मात्र नाका जहा तस्करहरुले एक दिनमै सयौं कपडाको पोका अवैध रुपमा नेपाल भित्रयाउन सफल भएका हुन्छन ।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा बलिरामपुर नाका हुदै दिनहु सयौ पोका कपडा अर्थात करोडौ बराबरको कपडा नेपाल भित्रयाउन सफल भएका हुन्छन ।
  • हिन्दुहरुको महान पर्ब तिहारको समयमा बलिरामपुर नाकालाई पडका भित्रयाउने नाका समेत भन्न थालिएको छ ।

अमरेश कुमार पाण्डे

१४ कात्तिक, बारा । जिल्लाको एक मात्र नाका जहा तस्करहरुले एक दिनमै सयौं कपडाको पोका अवैध रुपमा नेपाल भित्रयाउन सफल भएका हुन्छन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा बलिरामपुर नाका हुदै दिनहु सयौ पोका कपडा अर्थात करोडौ बराबरको कपडा नेपाल भित्रयाउन सफल भएका हुन्छन । हिन्दुहरुको महान पर्ब तिहारको समयमा बलिरामपुर नाकालाई पडका भित्रयाउने नाका समेत भन्न थालिएको छ । पर्सा जिल्लाको वीरगंज बजार क्षेत्रमा बाराको बलिरामपुर नाकालाई पडका भित्रयाउने थल्लोको रुपमा हल्ला चलेपछि यस दैनिकका सम्वाददाताले समाचार संकलन गर्न बलिरामपुर नाकामै पुगेका थिए ।

स्थलगत समाचार संकलन गर्ने क्रममा बलिरामपुर नाकाबाट ठुलो मात्रामा कपडाको लाइन चलेको बारे जानकारी प्राप्त गर्यो । प्राप्त जानकारी अनुसार बुझदै जादा बलिरामपुर नाकाबाट ६ जनाको समुहमा रहेको कुख्यात तस्करहरुलाई कपडाको लाइन दिइएको बारे जानकारी प्राप्त भयो । स्थानीय बोर्डर आउट पोष्ट बरैनिया मातहात रहेका साइट क्याम्प बलिरामपुर र प्रहरी चौकी मुसहर्वाककै मिलोमतोमा सीमा नाकाबाट कपडा तस्करीको लाइन खोलिएको प्रहरी श्रोतले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।

प्रहरी श्रोतले जनाए अनुसार कपडा तस्करीको लाइन दिएको कारण त्यसको फाइदा उठाउदै तस्करहरुले कपडाको नाममा पटका समेत नेपाल भित्रयाएको स्विकार गरे । उनका अनुसार आफ्नो माथिल्लो निकायले आदेश गरे अनुसार लाइन दिइएको मालसमानलाई रोकटोक नगरिएको स्विकार गरे । त्यति मात्र नभई अवैध तरिकाले नेपाल भित्रयाउने कपडाको स्कटिङ समेत गर्ने बाध्यता रहेको उनको दावी रहेको थियो ।

यता बारा जिल्लाको मात्र नभई पर्सा जिल्लाको अस्थायी प्रहरी पोष्ट इनर्वागाउका प्रहरीहरु समेत स्कटिङमा भाग लिने गरेको पाइएको छ । बारा जिल्लाको सीमावर्ती नाका बलिरामपुर हुदै वीरगंज क्षेत्रमा प्रवेश गर्ने कपडाको लाइनमा अस्थायी प्रहरी पोष्ट इनर्वागाउका प्रहरीहरु समेत सुरक्षासाथ क्षेत्र कटाउने गरेको पाइएको हो । मंगलवार राति मात्र ८४ पोका कपडा तस्करहरुले बलिरामपुर, इनर्वा गाउ हुदै वीरगंजमा भित्रयाउन सफल भएका थिए।

। बोर्डर आउट पोष्ट बरैनियाका प्रमुख, प्रहरी चौकी मुसहर्वाका प्रमुख र अस्थायी प्रहरी पोष्ट इनर्वागाउका प्रमुखले समेत आर्थिक लोभमा फसेकै कारण तस्करी हुने गरेको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि
जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि