महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला

सारांश

  • महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।
  • पिपरा गाउँपालिका-७ दनौली चौरी स्थित आँप बगैंचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको हो ।
  • स्थानीय अशोक ठाकुरको आँप बगैंचामा मन्दिर नजिकै अन्दाजी २७ वर्षीया महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

१२ कार्तिक, महोत्तरी ।महोत्तरीमा एक महिलाको शव फेला परेको छ । पिपरा गाउँपालिका-७ दनौली चौरी स्थित आँप बगैंचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको हो ।

स्थानीय अशोक ठाकुरको आँप बगैंचामा मन्दिर नजिकै अन्दाजी २७ वर्षीया महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले जानकारी दिनुभयो ।

डिसपी जैसवार अनुसार सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एस पि नकुल पोखरेलको कमान्डमा टोलि घट्ना स्थल पुगेर अनुसन्धान सुरु गरेको छ । शव भेटिए पनि महिलाको पहिचान हुनसकेको छैन । पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएर विभत्स हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

प्रहरीले घटनास्थल सुरक्षित राखी मुचुल्का उठाउने काम गरिरहेको छ । घटनाबारे सत्य तथ्य पत्ता लगाउन प्रशिक्षित कुकुर समेत परिचालन गरिएको छ । महिलाको सनाखतको प्रयास भइरहेको र शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहटमा दुर्घटना, १२ यात्रु घाइते
पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहटमा दुर्घटना, १२ यात्रु घाइते
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह