मोरङमा टिपरको ठक्करबाट महिलाको मृत्यु
८ कार्तिक, विराटनगर : मोरङमा बिहीबार दिउँसो टिपरको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका-१० किस्ती पुलमा तीव्र गतिमा रहेको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको हो। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२८प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ३:४० बजेतिर ठक्कर दिएको थियो।दुर्घटनामा परेर स्कुटर चालक महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार अन्दाजी ३०-३२ वर्षीया महिलाको पहिचान खुल्न सकिरहेको छैन।

शवलाई पोस्टमार्टमका लागि अहिले कोशी अस्पतालमै राखिएको छ।

मृतकका कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। टिपर र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिए पनि टिपर चालक फरार भएका छन्। डीएसपी जोशीले फरार रहेका चालकको खोजी तीव्र पारिएको बताए। मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment