९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा
७ कार्तिक, चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा बैंकको नाफा ११ करोड पाँच लाख रूपैयाँ छ। बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो।

बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घटेको र प्रावधान रकम उच्चले बढेकोले नाफामा असर परेको हो। बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ७४ करोडबाट घटेर दुई अर्ब ५५ करोड रूपैयाँ पुगेको छ।बैंकको फि तथा कमिसनबाट हुने आम्दानी ८० करोड रूपैयाँबाट घटेर ४१ करोडमा सीमित भएको छ। बैंकले यसअघि ६४ करोड प्रावधान राखेकोमा यसपटक मात्रै एक अर्ब १६ करोड रूपैयाँ बराबर प्रावधान राखेको छ। बैंकको प्रति सेयर आम्दानी २६ रूपैयाँ ५८ पैसाबाट घटेर दुई रूपैयाँ ९१ पैसामा झरेको छ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment