आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
४१ पटक हेरिएको
Shares
आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?

सारांश

  • साताको तस्रो दिन आजपनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
  • जुन हाल सम्मै उच्च हो ।

 

६ कार्तिक, काठमाडौं,  । साताको तस्रो दिन आजपनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । जुन हाल सम्मै उच्च हो ।महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?