Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
६५ पटक हेरिएको
Shares
रवि लामिछानेलाई अदालतमा उपस्थित  गराइयो

सारांश

  • अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित  गराइएको हो ।
  • लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको छ ।
  • सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका उनीलाई शनिबार बिहान ३ बजे कास्की पुर्‍याइएको थियो ।

 

४ कार्तिक , काडमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित  गराइएको हो ।

लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको छ ।सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका उनीलाई शनिबार बिहान ३ बजे कास्की पुर्‍याइएको थियो । शनिबार अदालत बन्द भएपछि आज आइतबार अदालतमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

उनलाई अदालतमा उपस्थित गराइनुभएपछि भिडभाड र नाराबाजीका गतिविधि हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित को दफा ६ को उपदफा ३ (कं) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

तर यता रास्वपा नेता तथा शुभचिन्तकहरूले भने प्रशासन कार्यालय कास्कीले पोखराको निर्णय प्रति आपत्ति जनाएका छन् ।यता रास्वपा नेता शिशिर खनालले लामिछानेलाई प्रहरीले भिडबाट छलेर घुमाउँरो बाटो मार्फत अदालत लगेको दाबी गरे । उनले सरकार राजनीतिक स्वार्थ र प्रतिशोधले ग्रसित भएर उपस्थित भिडबाट डराएको बताए ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन
नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
रवि लामिछाने आज अदालतमा हाजिर हुने
रवि लामिछाने आज अदालतमा हाजिर हुने
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 
सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
इजरायली आक्रमणमा दुई जनाको मृत्यु
इजरायली आक्रमणमा दुई जनाको मृत्यु
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट