१० श्रावण २०८२, शुक्रबार

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 

२१ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा सुनको मूल्य ५ सय र चाँदीको ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य भने तोलामा १ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको कारोबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?