२६ जेष्ठ २०८२, आईतवार

बेरुतमा इजरायली आक्रमण ९५ जनाको मृत्यु

 

१५ असोज ,आफ्नो सेनाले सोमबार राती लेबनानको दहियाहमा हिजबुल्लाहको हातहतियार बनाउने कयौँ स्थानमा ‘सटीक आक्रमण’ गरेको इजरायलले बताएको छ ।  बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ । ‘

 

आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षतिको जोखिम कम गर्न धेरै कदम चालिएको थियो । यी क्षेत्रमा सर्वसाधारणका लागि चेतावनी जारी गरिएको थियो, जसमा सटीक हतियारहरू प्रयोग गरिएको थियो भने हवाई निगरानी गरिएको थियो,’ इजरायली सेनाले भनेको छ । सोमबार लेबनानमा इजरायलको पछिल्लो हवाई हमलामा करिब ९५ जनाको मृत्यु भएको र १७२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 अधिकारीहरूका अनुसार लेबनानमा विगत दुई हप्तामा १ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौँ विस्थापित भएका छन् । यस अघि लेबनानमा हवाई हमला तीव्र पारेको इजरायलले जमिनबाट पनि लक्षित आक्रमण सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?