Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
५२ पटक हेरिएको
Shares
काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर

सारांश

  • यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ ।
  • शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुनसकेको थिएन ।
  • खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए ।

 

१३ असोज , काभ्रेपलाञ्चोक- बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ ।

शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुनसकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए । उनका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ ।

उनीहरूलाई धुलिखेल र भकुण्डे ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय शरणमा बसेका छन् । रोशीमा ११ जनाको मृत्यु भएको छ । पानीले बिपी राजमार्गका काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका(६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ । अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ ।

दुई दिनको अविरल वर्षाका कारण बाढी(पहिरोमा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ । रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक(एकजनाको मृत्यु भएको छ । पनौती(११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
एमाले बैठकमा मानन्धरले मागे ओलीको राजीनामा
एमाले बैठकमा मानन्धरले मागे ओलीको राजीनामा
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते