२६ जेष्ठ २०८२, आईतवार

बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु

 

१२ असोज, काठमाडौँ । अविरल वर्षासँगैको बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ ।

यस्तै ११ जना बेपत्ता भएका छन् ।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बिहीबार दिउँसो ४ बजेदेखि शनिबार १२ बजेसम्मको अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । यसैगरी काठमाडौँमा १ जनाको मृत्यु हुँदा ४ जना बेत्तिा भएका छन् ।

यसैगरी पाँचथरमा पनि २ जनाको मृत्यु भएको छ ।  यसैगरी ललितपुरमा १ जना, काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको छ।  यसैगरी धादिङ र भक्तपुरमा क्रमशः १ जना र ४ जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment