एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
४६ पटक हेरिएको
Shares
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल

सारांश

  •   सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।
  •  आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् ।
  •   उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।

१४ मंसिर, काठमाडौं । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।  आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् ।  उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । एउटा ठुलो अवसर आएको छ पार्टीको एनआरएनए नबनाईदिनु होला ।’

उनले संघको बृहत एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई सम्रग गैरआवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए ।मन्त्री खरेलले आजको एकताबाट एनआरएनए कहिलै नझुट्ने, राजनीतिक भन्दा माथी रहने पनि बताए ।  आजको एकता समारोहमा मैले पटक पटक भन्थे राजनीतिकबाट माथी राखौं । अनि सम्मान बढ्छ । अब एनआरएनए कहिलै भुट्दैन । अब एनआरएनए राजनीतिक भन्दा माथी रहन्छ । अब एनआरएनए जन्मभुमिको लागि अरबौ लगानी ल्याउनको लागि तपाईहरु नै हाम्रो साथी बन्नुहुन्छ । नागरिक सरकारले निर्वाचन अधिकारका लागि काम गर्नेछ,’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
विष्णु पौडेललाई २० दिन थुन्न अनुमति माग
विष्णु पौडेललाई २० दिन थुन्न अनुमति माग
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
मधेस प्रदेशमा कुपोषण विरूद्ध ‘इनफ’ अभियान 
मधेस प्रदेशमा कुपोषण विरूद्ध ‘इनफ’ अभियान 
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
लगातार चौथो कारोबार दिन घट्यो सेयर बजार
लगातार चौथो कारोबार दिन घट्यो सेयर बजार
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल