लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ६, २०८१
|
|
४४ पटक हेरिएको
Shares
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै

सारांश

  • आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ ।
  • खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।
  • त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो ।

६ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । त्यसपछि भएको ओमानसँगको खेलमा पनि नेपाल एक विकेटले पराजित भएको थियो । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित भएपछि ओमानसँगको खेलमा केही खेलाडी परिवर्तन गरेपनि नेपालले जित्न सकेन । नेपालका युवा अलराउण्डर गुलशन झाले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी एकै खेलमा पाँच विकेट लिने र अर्धशतक बनाउने खेलाडीसमेत बने । यसपटक लिग २ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट भएको थियो ।Worldlink ads

७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको  थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो । क्यानडा भ्रमणका क्रममा पनि नेपालले घरेलु टोली र ओमानसँग एक/एक खेल हारिसकेको छ । आजको खेल जितेर नेपाललाई खेलमा फर्किने अवसर छ । जित्नु पर्ने दबाबमा रहेको नेपालले क्यानडासँगको दोस्रो खेलमा पहिलो खेल खेलेका केही खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना छ ।क्यानडासँगको खेलपछि नेपालले ओमानसँग खेल्दै सिरिजको अन्त्य गर्नेछ ।

ओमानसँगको खेल ८ गते साँझ पौने ९ बजेदेखि सुरु हुनेछ । ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय
भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग