एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
११४ पटक हेरिएको
Shares
एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गरी दर्ता खुला गरिएको जनाएको छ।
  • क्यानका अनुसार अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन्।
  • अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा दर्ता गर्न सकिनेछ।

 

५ असोज , काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गरी दर्ता खुला गरिएको जनाएको छ। क्यानका अनुसार अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन्। अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा दर्ता गर्न सकिनेछ। ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ। उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ।एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एकभन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानले जानकारी दिएको छ।बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ। बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाखसम्म पाउनेछन् । १० लाखभन्दा बढी भएमा चिट्ठा थुतिनेछ। त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ। बढीमा ५ लाखसम्म जानेछ। त्यसपछि चिट्ठा थुतिने जनाइएको छ।खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्ने र दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको क्यानको विज्ञप्तिमा उल्लेख गरिएको छ।एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ। एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...