२६ जेष्ठ २०८२, आईतवार

म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

 

३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हैपीस्थित विष्णुमती करिडोर सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो ।सो क्रममा मोटरसाइकल चालक बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काको मृत्यु भएको हो ।उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार अर्का एक जना भने घाइते छन् ।उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment